महिला दर्शनार्थीलाई दुर्व्यवहार गर्ने मूल पुजारी योगी निलम्बित

Posted on: 29 Jun, 2023

असार १४, रूपन्देही । महिला दर्शनार्थीमाथि यौनजन्य गतिविधिको आरोप लागेका पाल्पाको प्रसिद्ध भैरवनाथ मन्दिरका मूल पुजारी जीतनाथ योगी निलम्बनमा परेका छन् । मन्दिर व्यवस्थापन समितिले उनलाई निलम्बन गरेको हो ।

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा पुजारी योगीले महिला दर्शनार्थीलाई अभद्र व्यवहार गरेको सार्वजनिक भएपछि समितिको आकस्मिक बैठकले जिम्मेबारीबाट हटाउने निर्णय गरेको समितिका अध्यक्ष गोविन्दबहादुर पोखरेलले बताए ।

समिति अध्यक्ष पोखरेल र सचिव दिलीप रायमाझीले जारी गरेको प्रेस विज्ञप्तिमा सत्यतथ्य छानबिन नहुँदासम्म मन्दिरमा बहन गर्दै आएको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको जनाइएको छ ।

मन्दिरमा दैनिक ५ सयभन्दा बढी दर्शनार्थी भैरवनाथको पूजा गर्न पुग्छन् ।

रिब्दीकोट गाउँपालिका-४ भैरवस्थानमा अवस्थित यस मन्दिरका मूल पुजारी ७० वर्षीय योगीले दर्शनका लागि आउने महिलामाथि यौनजन्य दुव्यर्वहार गरेको आरोप लागेको हो । दर्शन गर्न पुग्ने महिलालाई टीका लगाउने र प्रसाद दिँदा दुर्व्यवहार गरेको गुनासोका आधारमा समितिले निलम्बन गरेको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!