भैँसीसँग ४ वटा सवारीसाधन ठोक्किँदा ५ जना घाइते

Posted on: 18 Sep, 2024

असोज २, विराटनगर। विराटनगर महानगरपालिका–१४ मलाया रोडमा गयराति भएको दुर्घटनामा ५ जना घाइते भएका छन्। सडक पार गर्दै गरेको छाडा भैँसीसँग जिप, कार, र दुईवटा मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।

जिल्ला ट्राफिक कार्यालय मोरङका अनुसार, सुरुमा जिप भैँसीसँग ठोक्किएको थियो। त्यसपछि लडेको भैँसीमा अर्को कार र दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको बताइएको छ। दुर्घटनामा भैँसीको मृत्यु भएको छ।


को २५ प ६३८७ नम्बरको मोटरसाइकलमा सवार २ जना, को ११ प २९०९ नम्बरको मोटरसाइकलमा सवार १ जना, र बा २९ च २६१८ नम्बरको कारमा सवार २ जना घाइते भएका थिए।

घाइतेहरुको अवस्था सामान्य रहेकोले उनीहरूलाई विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारपछि घर फर्काइएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!