कोशी प्रदेश सभाको पाँचौँ अधिवेशनको १४औँ बैठक आज बस्दै

Posted on: 30 Aug, 2024

भदौ १४, विराटनगर । कोशी प्रदेशसभाको पाँचौँ अधिवेशनको १४औँ बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठक बस्न लागेको कोशी प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

गत असार ८ गते १३औँ बैठक बसेपछि अर्को सूचना जारी नभएसम्मका लागि कोशी प्रदेशसभाको बैठक स्थगन भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!