अवैध लागूऔषधसहित ३ जना पक्राउ

Posted on: 16 Jan, 2024

माघ २, काठमाडौं | सुनसरी र  झापाबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।

सुनसरीको धरान उपमहानगरपालिका-४ खैरेनीटार बस्ने २० वर्षीय सुलभ राई समेत दुई जनालाई अवैध लागूऔषध गाँजा करिब १ किलोसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै, झापाको भद्रपुर नगरपालिका-५ स्थित मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय राहुल ठाकुरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी बिट मेचिपुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!