रिलायन्सले गर्‍यो ४१ लाख ७५ हजार रुपैयाँ दाबी भुक्तानी

Posted on: 25 May, 2022

जेठ ११, इलाम | रिलायन्स लाइफ इन्सोरेन्स कम्पनीले कोभिडका कारण ज्यान गुमाएका इलामका प्रविन चापागाईंको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । इलाम सदरमुकाममा एक कार्यक्रमको आयोजना गरेर रिलायन्सले ४१ लाख ७५ हजार रुपैयाँको चेक प्रदान गरेको हो । 

उक्त चेक जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, इलाम नगरपालिकाका प्रमुख केदार थापा र रिलाइन्सका सेल्स हेड सूर्यप्रसाद गुप्ताले प्रविन चापागाईंकी श्रीमती सीमा थापा सहित परिवारका सदस्यलाई हस्तान्तरण गरेको हो । 

निर्माण व्यवसायी चापागाईंले ४१ लाख ७५ हजार रुपैयाँको जीवन बिमा गरेका थिए । उनले बिमा गरेको पहिलो किस्ता चार लाख २२ हजार भुक्तानी गरेका थिए । 

चपागाईंको कोरोनाको उपचारको क्रममा झापाको बिएण्सी अस्पतालमा मृत्यु भएको थियो । रिलायन्स लाइफ इन्सोरेन्सकी बिर्तामोड शाखा प्रमुख पवित्रा खवासले मानवीय क्षतिसँगै हुने आर्थिक क्षतिविरुद्धको सुरक्षा जीवन बिमाले गर्ने बताइन् ।

मृतक चापागाईंको परिवारलाई दाबी भुक्तानी कार्यक्रममा निर्माण व्यवसायी संघका उपाध्यक्ष निर्मल राउतले चाँडै दाबी भुक्तानीको व्यवस्था मिलाउन आग्रह गरे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विप्लव भट्टराईंले धेरैले जीवन बिमाको लागि इच्छुक भए पनि आर्थिक अभावका कारण बिमा गर्न नसक्नेहरूलाई बैंक तथा वित्तीय संस्थाबाट लोन प्रवाह गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।

यस्तै इलाम नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष नरेश श्रेष्ठले परिवारले पाएको दाबी भुक्तानी रकमले पीडित परिवारका लागी मलहम पट्टी हुने बताए । 

बिमा कम्पनीका सेल्स हेड सूर्य प्रसाद गुप्ताले कम्पनीको चाहाना आफ्नो सदस्यको भौतिक र आर्थिक अवस्था स्थिर होस भन्ने चाहाना हुने गरेको बताए । 


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!