कांग्रेसमा रुपान्तरणको सुरुआत : महामन्त्री शर्मा

Posted on: 06 Jan, 2022

पुस २२, मङ्गलबारे । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसमा रुपान्तरणको सुरुआत भएको बताउनुभएको छ । आज नेपाली कांग्रेस इलामले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा बधाइ कार्यक्रममा बोल्दै उहाँले कांग्रेसमा युवाको आगमन भएसँगै रुपान्तरणको सुरुआत भएको बताउनुभएको हो । 

महामन्त्री शर्माले महाधिवेशनमा पराजय भोगेका नेताहरू असक्षम भएका नभई लोकतान्त्रिक पद्धतिबाट अगाडि बढ्दा कोही छुटेको बताउनुभयो । उहाँले यो आन्तरिक अभ्यास भएकाले हार र जित नभएको बताउनुभयो ।

यस्तै महामन्त्री शर्माले अब कांग्रेस रुपान्तरित भएर जाने र आधुनिक कांग्रेस बन्नेमा ढुक्क हुन समेत कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने आकांक्षाको जित भएको बताउँदै निष्ठा, जिम्मेवारी, विनम्रता र संयमताका साथ काम गर्न सुझाव दिनुभयो । उहाँले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बाउन सक्ने तागतको रुपमा बदल्न नेतृत्व लागेको जिल्ला र स्थानीय तहबाट कार्यकर्ताले यत्तिकै साथ दिनुपर्ने बताउनुभयो । 

नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले अबको दिन कांग्रेसलाई इलाममा पहिलो बनाउन सबैको साथ रहेको बताउँदै सबैले यो गुट त्यो गुट नभनी एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!