इलाममा डम्बर खड्काले पाए कांग्रेसबाट टिकट

Posted on: 04 Apr, 2024

चैत २२, काठमाडौँ | नेपाली कांग्रेसले इलाम-२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने भएको छ ।


आज देउवा निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले खड्कालाई सिफारिस गरेको हो । आजै बेलुका बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले खड्काबारे औपचारिक निर्णय गर्नेछ ।

खड्कालाई उम्मेदवार बनाउन सभापति देउवाले अडान लिएका थिए । महामन्त्री गगन थापा र डा. शेखर कोइराला भेषराज आचार्यको पक्षमा थिए । कांग्रेसले अघि सारेका खड्का गत निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग ११४ मतले पराजित भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!