प्रशासकीय र लेखा अधिकृतले कार्यकक्षमै अनैतिक क्रियाकलाप गरेको भिडियो सार्वजनिक भएपछि…

Posted on: 06 Sep, 2023

भदौ २०, इलाम | इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृत (महिला कर्मचारी) बीचको अनैतिक क्रियाकलापको भिडियो सार्वजनिक भएको छ । उनीहरु बीचको अनैतिक क्रियाकलाप रुटिन अफ इलाम बन्द फेसबुक पेजमा फरक फरक समयमा फरक फरक भिडियो तीन पटक पोष्ट भएको छ । उक्त पोष्टमा इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राई र महिला लेखा अधिकृतले कार्यालयमै हर्कत गरेको उल्लेख छ ।


प्रशासकीय अधिकृत राईले महिला कर्मचारीको संवेदनशील अंगमा छुने, चुम्वन गर्ने लगायतका काम गरेको भिडियोमा देखिन्छ । भिडियोमा रहेको मिति अनुसार उक्त भिडियो गत असार २३ गते खिचिएको हो । महिला कर्मचारी कार्यकक्षमा प्रवेश गर्नु अगाडि नै कुरेर बसेका प्रशासकीय अधिकृतले आउने वित्तिकै अँगालो हाल्छन् र चुम्वन गर्छन् । यस्तै, महिलाले पनि राईको गाला सुम्सुम्याउने गरेको देखिएको छ ।

गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेले आफूले पनि सामाजिक सञ्जालबाट उक्त कुरा थाहा पाएको बताए । ‘म बिरामी भएर बसेको छु । केही दिन अगाडिको भिडियो भन्ने थाहा भएको छ । यस बीचमा प्रमुख प्रशासकीय अधिकृत सरुवा भइसकेका छन्,’ उनले भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!