डोल्पा, नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको कर्णाली अञ्चलमा रहेका पाँच जिल्लामध्ये एक हो। दुनै सदरमुकाम रहेको डोल्पा जिल्ला ७,८८९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। सन् २००१को तथ्याङ्क अनुसार यहाँको जनसङ्ख्या २९,४५४ छ। क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो जिल्ला मानिने डोल्पा जिल्लाले नेपालको ५.३६% भू-भाग ओगटेको छ। यो जिल्ला समुन्द्र सतहभन्दा १,५२५ देखि ७,६२५ मिटरको उचाइमा अवस्थित छ। यस जिल्लाको प्रमुख पर्यटकीय आकर्षण फोक्सुण्डो ताल हो।
भौगोलिक अवस्थिति
अक्षांश : २८ डिग्री ४५" उत्तर देखि २९ डिग्री ४५" उत्तर
देशान्तरः ८२ डिग्री ३" पूर्व देखि ८३ डिग्री ३"
उचाई:- समुन्द्री सतहबाट १,५२५ मिटर देखि ७,६२५ मिटर सम्म[१]
सिमाना:- पूर्व-मुस्ताङ जिल्ला, चीनको तिब्बत, पश्चिम- जुम्लार मुगु जिल्ला, उत्तर-चीनको तिब्बत र दक्षिण-जाजरकोट,रुकुम,म्याग्दी जिल्ला
क्षेत्रफल:- ७,८८९ वर्ग किलोमिटर
अवस्थिति:- पहाडी प्रदेश
औषत लम्बाई:- पूर्व-पश्चिम
अधिकतम लम्बाई:- पूर्व-पश्चिम
औषत चौडाई:- उत्तर-दक्षिण
अधिकतम चौडाई:- उत्तर-दक्षिण
सदरमुकाम:- दुनै
यस बिषयमा तपाइको प्रतिक्रिया...!