धनकुटामा माइक्रो बस दुर्घटना हुँदा १९ जना घाइते

Posted on: 20 Apr, 2024

बैशाख ८, धनकुटा | धनकुटामा गएराती माईक्रो बस दुर्घटना भएको छ । 

काठमाण्डौबाट संखुवासभा  तर्फ जाँदै गरेको बा ५ ख ७२४ नं काे माईक्रो बस राती २:१५ बजे तिर धनकुटा नगरपालिका ९ मुलघाट-रुद्रवारीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परि १९ जना घाईते भएका  छन् । उनिहरु सबैको उद्दार गरि  ९ जनालाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको र बाँकीलाई जिल्ला अस्पताल धनकुटा ल्याईएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।  उनिहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ  । 

घाईते मध्ये केहीको उपचार पछि डिस्चार्ज भईसकेको मुलघाट प्रहरी चौकीले जनाएको छ ।

अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको माईक्रो बस निकाल्ने प्रयास भईरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!