बर्दियामा गैंडाको आक्रमणबाट एकजना मृत्यु,अमेरिकी नागरिकसहित दुई जना घाइते

Posted on: 06 Sep, 2024

भदौ २१, बर्दिया | बर्दियाको मधुवन नगरपालिका–६ मा गैंडाको आक्रमणबाट एकजना गाइडको  मृत्यु भएको छ । भने एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन् ।

नेपाली सेनाका अनुसार, बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाकामा पर्ने डल्ला सामुदायिक वनमा गैंडाको आक्रमणबाट शुक्रबार वरिष्ठ पथ प्रदर्शक ३६ वर्षीय मनमोहन चौधरीको मृत्यु भएको जानकारी दिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले निकुञ्ज र डिभिजन वनको सीमामा पर्ने क्षेत्रमा ‘जंगल वाक’मा गएका बेला शुक्रबार बिहान ८ देखि ९ बजेको बीचमा चौधरीको गौडाको आक्रमणबाट मृत्यु भएको हो ।

घाइतेमध्ये विदेशी नागरिकको भुरीगाउँ नगर अस्पतालमा उपचार भइरहेको नेपाली सेनाले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!