बुद्ध एयरको जहाज स्यालसँग ठोक्किएपछि

Posted on: 25 Nov, 2021

मंसिर ९,  काठमाडौं | काठमाडौंबाट नेपालगञ्ज आएको बुद्ध एयरको एब्रो जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गर्ने क्रममा स्याल ठोक्किएको छ । बुधबार साँझ ७ बजेर ५ मिनेटमा विमान अवतरण गरिरहेको बेला धावनमार्गमा स्यालसँग ठोक्किएको नागरिक उड्यन कार्यालय नेपालगञ्जले जनाएको छ ।

अवतरणका क्रममा स्यालसँग ठोक्किएको विमानमा सामान्य क्षति भएको तर, यात्रुहरू भने सकुशल रहेको बाँके प्रहरी कार्यालयले जनाएको छ ।

स्यालसँग जहाज ठोक्किएपछि अहिले प्राविधिकहरूले चेकजाँच गरिरहेका छन् ।जहाज त्रिभुवन विमानस्थलबाट नेपालगञ्जका लागि उडेको थियो । र, अवतरणका क्रममा स्यालसँग जहाज ठोक्किन पुगेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!