बाँके मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको सबै भन्दा विकसित जिल्ला हो । यो नेपालको तराईमा पर्दछ। बि.सं.१९१४मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले इष्ट इण्डिया कम्पनीलाई सहयोग गरे बापत बि.सं. १८७३को सुगौली सन्धिबाट गुमेको भू-भाग मध्ये पुरस्कार स्वरूप बि.सं. १९१७मा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर नेपाललाई फिर्ता आएकोले उपर्युक्त बाँके लगायतका जिल्लाहरूलाई नयाँ मुलुकका रूपमा चिनिन्छ। आर्थिक दृष्टिकोणले समग्र मध्य तथा सुदुर नेपालको मेरुदण्डको रुपमा यो जिल्ला रहिआएको छ । यातायात, विद्युत, उद्योग तथा विकासका हरेक पुर्वाधारको राम्रो विकास भएको यो जिल्लामा पश्चिम नेपालको ठुलो शहर नेपालगञ्जको नाका भारत सँग जोडिएको छ । नेपालगञ्ज देखी १६ की.मी को दुरीमा रहेको कोहलपुर यहाँको अर्को महत्वपुर्ण व्यापारिक केन्द्र हो । नगरपालिका कायम भएको कोहलपुर सिङ्गो मध्य तथा सुदुर पश्चिमको पर्वेशद्वार हो । स्वर्गीय प्रधानमन्त्री सुशील कोइरालाको गृहनगर को रुपमा परिचित बाँके जिल्ला यो क्षेत्रको शैक्षिक र स्वास्थ्य को राजधानी मानीन्छ । अती विकट कर्णाली र सुदुर पश्चिमका पहाडी जिल्लाहरुमा यहाँबाट खाद्यान्न तथा आवश्यक वस्तुको ढुवानी हुने गर्छ। नेपालगञ्ज विमानस्थल क्षेत्रीय वीमानस्थल को रुपमा रहेको छ । यो जिल्लाको मुख्य विशेषता भनेको सदीयौंदेखि हरेक धर्म र जातजातिका मानीसहरू मिलेर बसोबास गरि भाईचाराको सन्देश दिनु हो । यहाँ रहेका बागेश्वरी मन्दीर, जामे मस्जिद, गुरुद्वार र बौद्ध गुम्बाहरू यहाँको सांस्कृतिक धरोहरहरू हुन । साथै नेपालको कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्ज यो क्षेत्रको गौरब हो । यहाँको नेपालगंज मेडीकल कलेजमा छिमेकी भारत सहित श्रीलंका, बंगलादेश, पाकिस्तान आदी देशहरूबाट विद्यार्थी आई अध्यन गर्ने गर्छन ।
जिल्लाको नामाकरण
यस जिल्लाको नाम बाँके रहनुको पछाडी विभिन्न जनश्रुति धार्मिक एवं पौराणिक आख्यानहरू रहेको पाइन्छ। ती मध्य केही यस प्रकार छन् :-
परापूर्वकालमा तराई क्षेत्रमा औलो कालाजार जस्ता रोगहरूको प्रकोपले गर्दा यस क्षेत्रमा वसोवास गर्ने अधिकांश मानिसहरूको मृत्यु हुन गइ थोरै मानिसहरू मात्र यस क्षेत्रमा बाँकी रहेकोले "बाँकी मानिसले बसोवास गरेको ठाउँ" भन्दै जाँदा पछि अपभ्रंस भइ यस ठाँउलाई बाँके भन्न थालिएको पाइन्छ।
सत्ययुगमा सतीदेवीको जिब्रो पतन भइ त्यस ठाँउमा वाक्यस्वरी देवी उत्पन्न भइ स्थापित वाक्यस्वरी हाल वागेस्वरी मन्दिर रहेको स्थानलाई छोटकरीमा "वाक्य" भनिदै जाँदा पछि बाँकेमा परिणत भएको भनाइ पनि रहेको छ।
परापूर्वकालमा यहाँका मानिसहरूले घाम, पानी, हुरी, वतास आदि बाट सुरक्षित रहन वरिपरी घुमाएर बाँके खालका घरहरू निर्माण गर्ने गर्थे रे। अधिकांश बाँके घरहरू रहेको बस्तीलाई "बाँके बस्ती" भन्दै जाँदा पछि जिल्लाको नाम नै बाँके रहन गएको हो भन्ने जनश्रुति पनि पाइन्छ।
कतै कतै यो जिल्लालाई बागेश्वरी जिल्ला पनि भन्ने गरीन्छ ।
भौगोलिक अबस्था
अक्षांस:- २७° ५१७३' उत्तरदेखि २८° २०७३'उत्तर सम्म
देसान्तर:- ८१° २९७३' पूर्वदेखि ८२° ८७३' पूर्व सम्म
सिमाना:- पूर्वमा दाङ जिल्ला तथा भारतको उ.प्र.को बहराईच जिल्ला
पश्चिम:- बर्दिया जिल्ला
उत्तर:- सल्यान बर्दिया र दाङ जिल्ला
दक्षिण:- भारतको उ.प्र.को बहराईच जिल्ला
क्षेत्रफल २३३७ वर्ग कि. मि.
अधिकतम लम्बाई:- ८४ कि.मि.
औसत चौडाई:- ४० कि.मि.
भौगोलिक विभाजन:- केही चूरे क्षेत्र र अधिकांश तराई
प्रमुख ताल तलैया नदीहरू
ताल:- रानी ताल, वाटर पार्क ताल
नदीहरू:- राप्ती, दुदुवा, मानखोला, पन्ध्रखोला
प्रमुख नालाहरु - डुडुवा, किरण नाला, रोहिणि ,झिंजरी , गुडुवा , खैरी गोठरी र जेठी नाला,
धार्मिक तथा पर्यटकीय क्षेत्र
धार्मिक स्थल:- बागेश्वरी मन्दिर, जुंगेश्वर महादेवको मन्दिर, संकटमोचन हनुमान मन्दिर, जामा मस्जिद, इदगाहा मस्जिद, कर्बला, गुरुद्वारा, सरस्वती मन्दिर, बौद्ध गुम्बा आदि।
पर्यटकीय स्थल:- महेन्द्रपार्क, रानी तलाउ, बोटिङ, विहार, वाटर पार्क आदि।
बाँके राष्ट्रिय निकुञ्ज
कोहलपुर गोलपार्क, ढकेरी बनभोज क्षेत्र, सीक्टा आदी
ब्यापारीक महत्वपूर्ण क्षेत्र :-
१. नेपालगन्ज उ.म.पा
२. कोहलपुर न.पा
३. कुसुम
४. चिसापानी
५. ढकेरी
६. नरैनापुर आदी
हावापानी
यस जिल्लाको भौगोलिक बनावट अनुसार हावापानी पनि दुई प्रकारको पाइन्छ। चूरे क्षेत्रमा शितोष्ण र तराई क्षेत्रमा उष्ण प्रकारको हावापानी पाइन्छ। यहाँको अधिकतम तापक्रम ४६° से. र न्यूनतम तापक्रम ४.२° से. सम्म रेकर्ड भएको पाइन्छ भने अधिकतम वार्षिक वर्षा १९१२ मि.मि. रेकर्ड भएको पाइन्छ। यस जिल्लाको औसत सापेक्षिक आद्रता ७१.४ छ। हावाको औसत वेग ३ कि.मि. प्रति घण्टा छ। नेपालकै सर्वाधिक गर्मी हुने स्थान नेपालगञ्ज यो जिल्लाको सदरमुकाम हो ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!