भिरबाट लडेर बाजुरामा एक महिलाले गुमाइन ज्यान

Posted on: 03 Apr, 2024

बाजुरा | बाजुरामा भिरबाट लडेर बुधवार एक महिलाको मृत्यु भएको छ।

हिमाली गाउँपालिका–५ रिठ्ठाकी ३६ वर्षीया अप्सरा बुढथापाको भिरबाट लडेर मृत्यु भएको हो। घाँस काट्न गएकी अप्सरा बालभिटा भिरमा मृत अवस्थामा फेला पारेको उनका आफन्त लंक कार्कीले बताए।

घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!