अस्थायी आवासमा आगो लाग्दा आठ मजदूरको मृत्यु

Posted on: 02 Feb, 2023

माघ १९, काठमाडौँ | सेभास्टोपोल नजिक निर्माणस्थलमा कामदारका लागि बनाइएको अस्थायी आवासमा आगलागी हुँदा आठ जना मजदूरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । 

आज बिहान सवेरै अस्थायी आवासमा आगो सल्किएको र त्यसको कारण स्पष्ट भइनसकेको स्थानीय आकष्मिक सेवाका कर्मचारीलाई उद्धृत गर्दै रिया नोवोस्तीले जनाएको छ । आगो दुई सय वर्ग मिटर क्षेत्रफलमा फैलिएको थियो ।  दुईतले अस्थायी आवासीय भवनमा आगो लाग्दा एक सय ८५ जना कामदार थिए ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!