शरणार्थी शिविर आक्रमणमा नौ जना मारिए

Posted on: 26 Jan, 2023

माघ १२, काठमाडौँ | पश्चिम किनाराको जेनिन शरणार्थी शिविरमा बिहीबार भएको इजरायली आक्रमणमा एक वृद्ध महिलासहित नौ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । 

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले नयाँ मृत्युको संख्या दिएको छ । एक दर्जन भन्दाबढी घाइते भएका जनाइएको छ । इजरायली सेनाले जेनिन अस्पतालको बालबालिकाको वार्डमा अश्रु ग्यास प्रहार गरेको आरोप लगाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!