जीप खस्दा छ जनाको मृत्यु, आठ घाइते

Posted on: 28 Nov, 2022

मङ्सिर १२, काठमाडौँ । एजेन्सी | मतदाता बोकेका एक जीप पाकिस्तान–नियन्त्रित काश्मिर (पीओके) को नीलम उपत्यकामा नालामा खस्दा छ जनाको मृत्यु हुनुको साथै अन्य आठ जना घाइते भएका डन पत्रिका आइतबार  जानकारी दिएको छ । 

 यस घटनामा परी मृत्यु हुनेमा छ जना महिला रहेका स्थानीय प्रहरीले जनाएको छ । दुधनियालको छारी इलाकामा  आइतबार दिउँसो करिब १२ः३० बजे जीप तीन सय फिट गहिरो सुख्खा नालामा खसेको जिल्ला विपद् व्यवस्थापन अधिकृत अख्तर अयुबलाई उद्धृत गर्दै डनले जनाएको छ ।

 गाडीले आफ्नो क्षमता भन्दा धेरै मानिसहरू बोकेको अयुबले थप जानकारी दिनुभएको छ ।  दुर्घटना घाइते भएकाको अवस्था पनि गम्भीर रहेको बताइएको छ । यात्रुहरु निलम खोलाको छेउमा रहेको ठाण्डा पानी गाउँका बासिन्दा रहेका र नजिकैको मतदान केन्द्रमा आएका थिए ।

घाइतेहरूलाई दुधनियाल आधारभूत स्वास्थ्य इकाईमा लगिएको थियो । पाँचजना गम्भीर घाइते भएकाले थप उपचारका लागि मुजफ्फराबाद पठाइएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!