इन्फान्टिनो अझै चार वर्ष फिफा अध्यक्ष बन्ने

Posted on: 18 Nov, 2022

एजेन्सी | विश्व फुटबलको नियामक निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनो तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित हुने भएका छन्। स्वीस-इटालियन ५२ वर्षीय इन्फान्टिनो सन् २०१६ मा फिफा अध्यक्ष चुनिएका थिए।

 

सन् २०१९ मा इन्फान्टिनो दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए। फिफाले एक वक्तव्य जारी गर्दै इन्फान्टिनोबाहेक अरूले अध्यक्षका लागि दाबेदारी प्रस्तुत गरेका छैनन्। जसका कारण इन्फान्टिनोले नै आगामी चार वर्ष फिफा हाँक्ने भएका छन्।

अर्को वर्ष मार्च १६ मा रवान्डामा हुने फिफा कंग्रेसबाट इन्फान्टिनो पुन: अध्यक्षमा निर्विरोध निर्वाचित हुनेछन्। सन् २०१५ मा भ्रष्टाचारको आरोप लाग्नुअघि सेप ब्लाटरले १७ वर्ष विश्व फुटबलको सर्वोच्च निकायको नेतृत्व गरेका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!