मस्कले म्यानचेस्टर युनाइटेड किन्ने !

Posted on: 17 Aug, 2022

भदौ १, न्युयोर्क | एजेन्सी | ट्वीटर किन्ने असफल प्रयासपछि टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्ने घोषणा गरेका छन् । ‘स्पष्ट हुनको लागि, म रिपब्लिकन पार्टीको आधा र डेमोक्रेटिक पार्टीको आधालाई समर्थन गर्दछु’ उनले ट्वीट गरे । र यो ट्विट लगत्तै उनले भने, ‘साथै, म म्यानचेस्टर युनाइटेडलाई स्वागत गर्दछु ।’


ट्वीट गर्ने क्रममा एलन मस्क कत्तिको गम्भीर छन् भन्ने कसैले पनि बुझ्न सक्दैन । तर, उनको भनाइले म्यान्चेस्टर युनाइटेडलाई उत्साहित बनाएको छ । म्यानचेस्टर युनाइटेडका फ्यानहरूले हालैका वर्षहरूमा क्लबको खराब प्रदर्शनका कारण वर्तमान अमेरिकी मालिक ग्लेजर परिवारलाई छोड्न आह्वान गरिरहेका छन् । 

मस्कको ट्विटले ठूलो प्रतिक्रिया बटुलेको छ । एकजना ट्विटर प्रयोगकर्ताले सोधे, ‘के तपाई साँच्चै सोच्नुहुन्छ कि उनले ट्वीटर किन्दै छन ? वा काम नगलाग्ने कुरा गरिरहेका छन् । ’

यस बिषयमा तपाइको प्रतिक्रिया...!