इमरान खानका सहयोगीलाई देशद्रोहको मुद्दा लगाइने

Posted on: 11 Aug, 2022

साउन २६, इस्लामाबाद | पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका सहयोगीमाथि देशद्रोहको मुद्दा लगाइने बताइएको छ ।सेनामा विद्रोहलाई उक्साएको आरोपमा उनका सहयोगी शाहबाज गिललाई देशद्रोहको मुद्दा लगाउने तयारी भएको गृहमन्त्री राणा सनाउल्लाहलले बताएका छन् । 


खानका सल्लाहकार गिलले एउटा टेलिभिजनमा व्यक्त गरेको भनाईलाई लिएर उनीमाथि मुद्दा चलाउन लागिएको बताइएका छ ।  सेनामा विद्रोहलाई उक्साएको अभियोगमा गिलमाथि देशद्रोहको मुद्दा लाग्ने गृहमन्त्री सनाउल्लाहलले बताए । ‘हामीले यसको अनुसन्धान गर्न विशेष टोली गठन गरेका छौं’ उनले इस्लामाबादमा बुधबार पत्रकारहरूलाई भने, 'यो हाम्रा संस्थाहरूलाई बदनाम गर्ने योजनाबद्ध कदम हो ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!