अमेरिकी पत्रकार सन् २०१२ देखि सिरियामा बेपत्ता

Posted on: 11 Aug, 2022

साउन २६, दमास्कस | एजेन्सी | एक दशकअघि अपहरणमा परेका अमेरिकी पत्रकारलाई सिरियाली सरकारले नियन्त्रणमा लिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । अस्टिन टाईसलाई देशको गृहयुद्ध कभर गर्ने क्रममा १४ अगस्ट २०१२ मा  दमास्कस नजिकै बन्धक गरिएको उनको परिवारले जनाएको छ ।


‘हामीलाई पक्का थाहा छ कि उनलाई सिरियाली शासनले नियन्त्रणमा राखेको छ’, बाइडेनले भने । अस्टिनलाई स्वदेश फर्काउने कार्यमा अमेरिकालाई सहयोग गर्न पनि सिरियालाई आह्वान गरेका छन् ।

सिरियाली राष्ट्रपति बसर अल–असदले आफ्नो सरकारले श्री टाइसलाई नियन्त्रणमा राखेको पुष्टि गरेका छैनन्। अन्य शीर्ष सिरियाली अधिकारीहरूले यसअघि अमेरिकीलाई हिरासतमा राख्न अस्वीकार गरेका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!