अमेरिकी खेलाडी ब्रिट्नी ग्रिनरलाई रूसमा ९ वर्षको जेल सजाय

Posted on: 05 Aug, 2022

साउन २०, काठमाडौँ | अमेरिकी महिला बास्केटबल खेलाडी ब्रिट्नी ग्रिनरलाई रूसको एउटा अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ ।

रूसी अदालतले लागू औषध प्रशोधन र ओसारपसारको आरोपमा उनलाई सजाय सुनाएको हो।


दुई पटककी ओलम्पिक स्वर्ण विजेता बास्केटबल खेलाडी ग्रिनरले भने आफूले केही कोस्टर आयल बोकेको भए पनि त्यो लागुऔषध तस्करी र कारोबार प्रयोजनको लागि नभएको बताएकी छन्।

आफूबाट अन्जानमै ‘इमानदार गल्ती’ भएको भन्दै ग्रिनरले क्षमायाचना गरे पनि अदालतले उनको याचना नसुनी सजाय सुनाएको हो।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसले अमेरिकासँग राजनीतिक शत्रुता साँध्ने काम गरेको भन्दै ग्रिनरमाथिको कारबाही कुनै हालतमा स्वीकार्न नसकिने बताएका छन्। 

‘रसियाले गलत तरिकाले ब्रिटनीलाई हिरासतमा राखेको छ। यो अस्वीकार्य छ। उनलाई तुरुन्तै रिहा गर्न म रूसलाई आग्रह गर्दछु ताकि उनले आफ्नो परिवारसँग भेट्न पाउन्’, राष्ट्रपति वाइडेनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्।

यस्तै रूसस्थित अमेरिकी दूतावासका चार्ज डी अफेयर्स एलिजाबेथ रूडले उक्त सजायलाई ‘न्यायको अपहेलना’ भएको प्रतिक्रिया दिएका छन्।

युक्रेनमा रूसको जारी राखेको आक्रमण र अमेरिका तथा युरोपसँग देशको चर्काचर्कीको पृष्ठभूमिमा यो कठोर सजाय सुनाइएको अमेरिकाले आरोप लगाएको छ।

अमेरिकी विदेश विभागले ग्रिनरलाई गलत तरिकाले हिरासतमा राखेको भन्दै अमेरिकी अधिकारीहरूले उनलाई सुरक्षित रूपमा घर ल्याउने प्रयासमा रूससँग वार्ता भइरहेको बताएको छ।

३१ वर्षीया किशोरी ६ महिनाअघि १ ग्रामभन्दा कम तेल कोष्टर आयल बोकेको आरोपमा मस्को एयरपोर्टबाट पक्राउ परेकी थिइन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!