बुलफाइटका क्रममा स्ट्यान्ड भत्किँदा चार जनाको मृत्यु

Posted on: 27 Jun, 2022

असार १३, बोगाटा | एजेन्सी | मध्यकोलम्बियामा बुलफाइटका क्रममा एउटा स्ट्यान्ड भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । मृत्यु हुनेमा दुई महिला, एक पुरुष र एक बालक छन् । उक्त घटना कम्तीमा ३० जना गम्भीर घाइते भएका छन् ।


भिडियो फुटेजमा एल एस्पिनल रंगशालामा दर्शकहरूले भरिएको तीन तले काठको स्ट्यान्ड खसेको देखिन्छ । 

परम्परागत ‘कोरलेजा’ कार्यक्रममा सर्वसाधारणको आकर्षण बढ्दो छ । राष्ट्रपतिमा निर्वाचित गुस्ताभो पेट्रोले स्थानीय अधिकारीहरूलाई त्यस्ता कार्यक्रमहरूमा प्रतिबन्ध लगाउन आग्रह गरे । 

‘मानिसहरू वा जनावरहरूको मृत्यु हुने घटनाहरूलाई अनुमति नदिन म मेयरहरूलाई आग्रह गर्दछु’, उक्त घटनापछि उनले भने । यस्तो दुर्घटना पहिलो पटक नभएको पनि उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!