अष्ट्रेलियामा नौ वर्षदेखि सरकार चलाइरहेको पार्टी विस्थापित, नयाँ प्रधानमन्त्री निर्वाचित

Posted on: 22 May, 2022

जेठ ८, क्यानबेरा | झन्डै एक दशकपछि लेबर पार्टीलाई जित दिलाउँदै एन्थोनी एल्बेनिज अष्ट्रेलियाका नयाँ प्रधानमन्त्री निर्वाचित भएका छन् । उनी देशकै पुराना राजनीतिक नेता हुन् ।

आफ्नो निर्वाचन प्रचार अभियानका क्रममा मतदातालाई ‘सुरक्षित परिवर्तन’को वचन दिँदै कन्जरभेटिभ लिबरल–नेसनल गठबन्धनलाई हराउन सफल भएका छन् । सो पार्टी सन् २०१३ देखि सत्तामा थियो ।

पूर्वप्रधानमन्त्री स्कट मरिसनलाई उनले ‘बुलडोजर’को संज्ञा दिँदै आएका छन् । आफू ‘निमार्ता’ बन्ने प्रतिज्ञा गरेका छन् ।

एन्थोनी लामो समयदेखि अष्ट्रेलियन निःशुल्क स्वास्थ्य सेवा प्रणालीका रक्षक मानिन्छन् । उनले सक्रिय रूपमा समलिंगी समुदायको समर्थनमा वकालन गर्दै आएका छन् । रिपब्लिकन हुन् ।


५९ वर्षीय एन्थोनीलाई उनकी आमा एक्लैले अपांगता भत्ताको भरमा हुर्काएकी थिइन् । सोही बाल्यावस्थाले उनमा प्रगतिशील विचार स्थापित गराएको उनी बताउँछन् ।

आफ्नो जितपछि देशवासीलाई सम्बोधन गर्दै उनले भनेका छन्, “म अष्ट्रेलियालाई त्यस्तै देश बनाइराख्न चाहन्छु, जसले तपाईँ जहाँ बस्नु भए पनि, जुन धर्म मान्नु भए पनि, जसलाई माया गर्नु भए पनि या तपाईँको नाम थर जे भ एपनि तपाईँको जीवन यात्रामा यसले कुनै बाधा पुर्‍याउने छैन ।” सीएनएनबाट ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!