द्वन्द्व र विपद्ले ५० दशमलब १ मिलियन मानिस विस्थापित

Posted on: 19 May, 2022

जेठ ५, काठमाडौँ । द्वन्द्व र प्राकृतिक विपद्का कारण गत वर्ष दशौँ लाख मानिस  आफ्नै देशभित्र विस्थापित भएका छन् । सन् २०२१ मा ५९ दशमलब १ मिलियन मानिसहरु आन्तरिक रुपमा विस्थापित भएका छन् । यो अहिलेसम्मकै ठूलो विस्थापितको संख्या हो । 

पछिल्लो समयमा रुस–युक्रेन युद्धले यो संख्या अझै बढ्ने अनुमान गरिएको छ । इन्टरनल डिस्प्लेसमेन्ट मोनिटरिङ सेन्टर (आइडीएमसी) र नर्वेजियन रिफ्युजी काउन्सील (एनआरसी) ले तयार पारेको प्रतिवेदनमा नयाँ विस्थापितको संख्या करिब ३८ मिलियन रहेका बताइएको छ । 

                                   

यो सन् २०२० पछि वार्षिक विस्थापित हुनेको दोस्रो ठूलो संख्या हो । सो वर्ष प्राकृतिक विपद्का कारण ठूलो संख्यामा मानिसहरू विस्थापित भएका थिए । 

गत वर्ष द्वन्द्वका कारण विस्थापित हुनेको संख्या १४ दशमलब ४ मिलियन रहेको थियो । यो सन् २०१२ को को तुलनामा दोब्बर हो । 

युक्रेन युद्धका कारण यो वर्ष विश्वव्यापी रुपमा विस्थापित हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ । २४ फेब्रुवरीमा रुसले युक्रेनमाथि हमला गरेपछि ८ मिलियनभन्दा बढी मानिस युक्रेनभित्रै विस्थापित भएका छन् भने ६० लाखभन्दा बढी शरणार्थीको रूपमा अन्य देशमा विस्थापित छन् । 

                      Huge spike' in global conflict caused record number of displacements in  2021 | Global development | The Guardian

यस बिषयमा तपाइको प्रतिक्रिया...!