चाइना इस्टर्न एयरलाइन्सको विमान दुर्घटना नियोजितः अमेरिकी सञ्चार माध्यम

Posted on: 18 May, 2022

जेठ ४, न्युयोर्क | मार्चमा दुर्घटनाग्रस्त चाइना इस्टर्न एयरलाइन्सको विमानलाई जानाजानी ‘नोज डाइभ’मा राखिएको फ्लाइट  डेटाले संकेत गरेको अमेरिकी सञ्चार माध्यमहरूले दाबी गरेका छन् ।

अनुसन्धानकर्ताहरूले अहिलेसम्म जेटमा कुनै मेकानिकल वा प्राविधिक त्रुटि फेला नपारेको अमेरिकी अधिकारीहरूले गरेको प्रारम्भिक मूल्यांकनलाई उद्धृत गर्दै रिपोर्टमा जनाइएको छ । 

चाइना ईस्टर्न एअरलाइन्सको बोइङ ७३७ विमान ग्वाङ्सी प्रान्तको पहाडमा दुर्घटनामा परेर आगो लागेको थियो । कुन्मिङबाट गुआनझाओउतर्फ उड्ने क्रममा विमान दुर्घटना भएको थियो ।


दुर्घटनापछि विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको थियो । ‘विमानले ककपिटमा कसैले गर्न भनेको थियो ’, अमेरिकी अधिकारीहरूको प्रारम्भिक मूल्यांकनसँग परिचित व्यक्तिलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले लेखेको छ ।

दुर्घटनास्थलमा फेला परेको विमानको ‘ब्ल्याक बक्स’ ‘इनपुटहरू’ले विमानलाई झन्डै ठाडो भएर तल धकेलेको थियो । 

दुर्घटनालगत्तै सार्वजनिक भएको एउटा भिडियोमा पनि विमानको अगाडिको भाग आकाशबाट सीधै तल सोझिएको अवस्थामा देख्न सकिन्छ । एबीसी न्यूजले पनि अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सो दुर्घटना नियोजित भएको हुनसक्ने अनुमान गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!