दुबईका राष्ट्रपतिको निधन, सरकारी निकाय तथा निजी क्षेत्र तीन दिन बन्द

Posted on: 13 May, 2022

वैशाख ३०, दुबई | संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल नाह्यानको निधन भएको छ । उनको ७३ वर्षको उमेरमा निधन भएको त्यहाँको सरकारी समाचार संस्था वामले जनाएको छ । 

‘राष्ट्रपति मामिला मन्त्रालयले आधा झण्डा झुकाएर ४० दिने औपचारिक शोकको घोषणा गरेको छ । संघीय र स्थानीय तहका मन्त्रालय र सरकारी निकाय तथा निजी क्षेत्र तीन दिन बन्द गर्ने घोषणा गरेको छ’,वामले ट्वीट गरेको छ । नाह्यान लामो समयदेखि बिरामी रहेको जनाइएको छ । 

सन् १९४८ मा जन्मेका शेख खलिफा सन् २००४ मा पिता शेख जायद अल नाह्यानको उत्तराधिकारी बनेका थिए । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!