इङल्याण्डमा हटाइयो अनिवार्य मास्क लगाउनु पर्ने र कोभिड पास देखाउनुपर्ने नियम

Posted on: 27 Jan, 2022

माघ १३, काठमाडौँ | एजेन्सी | बेलायत सरकारले कोभिड खोपको बुस्टर डोजका कारण गम्भीर संक्रमण र अस्पताल भर्ना हुनेको संख्या कम भएको बताएलगत्तै इङल्याण्डमा अधिकांश प्रतिबन्धात्मक नियम हटाइएको हो । त्यहाँ बिहीबारदेखि अनिवार्य मास्क लगाउनुपर्ने र नाइट क्लब तथा ठूला कार्यक्रममा कोभिड पास लिएर मात्रै प्रवेश गर्न पाइने नियम हटेको छ ।

संक्रमित व्यक्ति ५ दिनसम्म सेल्फ आइसोलेसनमा बस्नुपर्ने नियम भने कायमै रहेको छ ।सरकारले गत हप्ता मात्रै घरबाटै काम गर्ने र कक्षाकोठामा मास्क लगाउनुपर्ने नियम खारेज गरेको थियो ।

तर केही व्यवसायी र सार्वजनिक यातायात सञ्चालकले मानिसहरूलाई मास्क लगाउन अनुरोध गरिरहने बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!