भारतमा गयो शक्तिशाली भूकम्प

Posted on: 26 Nov, 2021

एजेन्सी। भारतमा शक्तिशाली भूकम्प गएको छ। भारतको मिजोरममा केन्द्र विन्दु बनाएर आज शुक्रबार विहान शक्तिशाली भूकम्प गएको हो। ६ दशमलव १ म्याग्नेच्युड रेकर्ड गरिएको भूकम्प विहान साढे पाँच बजे गएको हो।

भूकम्पको धक्का पश्चिम वंगाल, त्रिपुरा र आसामसम्म महसुश गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

१२ किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!