अमेरिका र चीनका राष्ट्रपतिबीच तेस्रो वार्ताः यस्ता छन् एजेन्डा

Posted on: 15 Nov, 2021

कात्तिक २९, न्युयोर्क | एजेन्सी | अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङबीच सोमबार साँझ भर्चुल बैठक हुँदैछ । दुई देशबीच तनाब बढिरहेका बेला हुन लागिरहेको यो बैठकलाई धेरैले चासोपूर्वक हेरिरहेका छन् । 

केही दिनअघि जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा दुई देशले आश्चर्यजनक सहमति गरेर विश्व समुदायलाई चक्मा दिलाएका थिए । 

तर, ताइवानबारे सैन्य विवादको बढ्दो चासोसँगै यी दुई देशबीच मतभेद कायमै छ । दुई नेताबीच हुन लागेको तेस्रो बैठकमा विभिन्न विषयमा छलफल हुनेछ । 

वार्तामा साइवर सुरक्षा, व्यापार, परमाणु हतियारजस्ता विषयमा छलफल हुनेछन् । बाइडेन राष्ट्रपति भएपछि यी दुई नेताबीच वार्ता भएको छ, यद्यपी सम्बन्धमा कुनै सुधार आउन सकेको छैन् । 

के चाहन्छन बाइडेन ?

परम्परागत प्रतिद्वन्द्वी देश चीनसँग बाइडेनले खासै ठूलो अपेक्षा गरेका छैनन् । तर, वार्ताको ठोस नतिजा देख्न उनी आत्तुर छन् । दुबै जनाले अमेरिका–चीन सम्बन्ध सुधार गर्न चाहन्छन् । 

त्यस्तै, ताइवान वार्ताको मुख्य एजेन्डा हुनेछ । ताइवानमा शान्ति र स्थिरता कायम राख्न अमेरिकाले चीनलाई दबाब दिनेछन् । त्यसको जबाफमा राष्ट्रपति सीले ताईवानको सार्वभौमसत्ताबारे हस्तक्षेप नगर्ने अमेरिकी प्रतिबद्धता माग गर्न सक्नेछन् ।

के चाहन्छन् राष्ट्रपति सी ?

राष्ट्रपति सीका लागि भने ताइवान मुद्दा महत्वपूर्ण छ । ताइवान मामिला आन्तरिक भएको र त्यहाँ हस्तक्षेप नगर्न उनले अमेरिकालाई दबाब दिनेछन् । पछिल्लो समयमा ताईवानलाई लिएर अमेरिकाले देखाएको चासोप्रति चीन असन्तुष्ट छ । एक साताअघि मात्र अमेरिकी सांसदको प्रतिनिधिमन्डलले ताइवान भ्रमण गरेको थियो ।

भ्रमणको अमेरिकाले विरोध गरेको थियो । केही समयअघि चीनले ताइवानको हवाई आधारमा लडाकु विमान उडाएको थियो । 

त्यसको ताइवान र अमेरिका दुबैले विरोध गरेका थिए । चीनले ताइवानमाथि हमला गरे अमेरिकाले प्रतिरोध गर्ने यसअघि नै चेतावनी दिएको थियो । त्यस्तै, अमेरिकी हस्तक्षेपको निन्दा गर्दै चीनले आगोसँग नजिस्कन वासिंगटनलाई चेतावनी दिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!