यूएईले पाँच वर्षे मल्टिपल इन्ट्री टुरिस्ट भिसा जारी गर्ने

Posted on: 10 Nov, 2021

कार्तिक २४, काठमाडौं ।  यूएईले पाँच वर्षे पल्टिपल इन्ट्री टुरिस्ट भिसा जारी गर्ने भएको छ । कोरोना महामारीपछि आफ्नो देशमा पर्यटकको सङ्ख्या बढाउन र यूएईलाई विश्वको मुख्य पर्यटक गन्तव्यको रूपमा स्थापित गर्न भिसा प्रणाली सहज बनाएको हो । 

पाँच वर्षको मल्टिपल टुरिस्ट भिसा अन्तर्गत पर्यटकहरू पटक पटक यूएई आउजाउ गर्न सक्नेछन् । पर्यटकले पटक पटक भिसा लगाउने झन्झट गर्न पर्ने छैन । एक पटक जाँदा ९० दिनसम्म बस्न पाइने छ भने थप ९० दिन आफ्नो बसाई लम्ब्याउन पनि सकिन्छ । यो भिसा संसारका सबै देशका नागरिकले पाउने खबर खालिज टाइम्सले लेखेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!