ओडिशा रेल दुर्घटनाको मुख्य कारण थाहा भयो : रेलमन्त्री अश्विनी वैष्णव

Posted on: 04 Jun, 2023

जेठ २१, काठमाडौँ । भारतका रेल मन्त्री अश्विनी वैष्णवले ओडिशाको बालासोरमा भएको रेल दुर्घटनाको अनुसन्धान पूरा भएको र यसको मुख्य कारणबारे पत्ता लागेको बताएका छन् ।

रात भरी मर्मतको कामको निगरानी गरिरहेका रेलमन्त्रीले आइतबार बिहान मिडियासँगको कुराकानीमा यसबारे जानकारी दिएका हुन् ।

उनले रात भरी एउटा लिकको मर्मत पूरा भएको बताए । उनले भने, ‘सोधपुछ पुरा भइसकेको छ । कमिस्नर (रेल सेफ्टी) ले आफ्नो पूरा इन्क्वायरी रिपोर्ट छिट्टै सुम्पिनेछन् । यो रिपोर्ट आएपछि सबै तथ्यबारे थाहा हुनेछ तर यति भयानक दुर्घटनाको मुख्य कारण भने पत्ता लागिसकेको छ ।’

बालासोर दुर्घटनामा हालसम्म २८८ जनाको मृत्यु भइसकेको छ ।

रेलमन्त्रीले बुधवार बिहानसम्म रेलको आवतजावत पूर्ण रूपमा बहाल गर्ने कोसिस भएको बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!