एयर फोर्स एकेडेमीको कार्यक्रमको स्टेजमै लडे अमेरिकी राष्ट्रपति बाइडेन

Posted on: 02 Jun, 2023

जेठ १९, एजेन्सी | अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार कोलोराडोमा एयर फोर्स एकेडेमीको कार्यक्रममा भुइँमा लडेका छन् । दीक्षान्त समारोहमा सहभागी हुन आएका बाइडेनले मन्तव्य दिएपछि क्याडेटसँग हात मिलाए । जब आफ्नो सिटतर्फ जाँदै थिए उनी भुइँमा लडे उनको खुट्टा प्लेटफर्ममा राखिएको बालुवाको झोलासँग ठोक्किएर लडेका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेन लडेपछि त्यहाँ उभिएका सुरक्षाकर्मीले उनलाई उभिन मद्दत गरे । तर, त्यसपछि उनी बिना कुनै सहयोग आफ्नो सिटमा पुगे ।

ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले अमेरिकी राष्ट्रपति पूर्ण रुपमा स्वस्थ रहेको बताएका छन् । ८० वर्षीय डेमोक्र्याट नेताले जनवरी २०, २०२१ मा राष्ट्रपतिको रूपमा शपथ लिएका थिए। उनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराएका थिए ।

बिडेनले फेरि चुनाव लड्ने घोषणा गरेका छन् । यसपटक उनले चुनाव जिते भने ८२ वर्षको उमेरमा अमेरिकी राष्ट्रपतिको सपथ लिनेछन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन सार्वजनिक रूपमा झुक्किएको यो पहिलो पटक भने होइन। उनी यसअघि पनि साइकलबाट लडेका थिए । गत फेब्रुअरी २३ मा पोल्याण्डबाट अमेरिका फर्कने क्रममा एयरफोर्स वनको भर्‍याङ उक्लिइरहेको बेला पनि उनी लडेका थिए ।

त्यस्तै १६ नोभेम्बर २०२२ मा जी-२० शिखर सम्मेलनमा भाग लिन बाली गएका बेला पनि जङ्गलमा हिंड्नेक्रममा उनी लडेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!