सन्दीपलाई दक्षिण अफ्रिका नपठाउने ‘लिगल टीम’को निर्णय

Posted on: 30 May, 2023

जेठ १६, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानले विश्वकप छनोट अघि दक्षिण अफ्रिकामा हुने अभ्यास खेलमा सहभागी नगराउने निर्णय उनको लिगल टीमले गरेको छ ।

सन्दीपको मुद्दा सुनुवाईमा ढिलाई भएका कारण उनी नजाने निर्णय भएको सन्दीपका कानून व्यवसायी सरोज घिमिरेले जानकारी दिए ।

‘मुद्दाको टुंगो नलगाई उनी नजाने हाम्रो लिगल टिमको निर्णय भयो । जिम्बावे भ्रमणबारे अझै केही निर्णय भइसकेको छैन’, घिमिरेले भने ।

नेपालले जिम्बावेमा विश्वकप छनोट खेल्दै छ । सन्दीपविरुद्ध लागेको बलात्कारको आरोपको फैसला सुनुवाई विभिन्न बहानामा सर्दै आएको छ ।

मंगलबारका लागि पेशी तोकिएपनि न्यायधिशले अन्तरिम क्षतिपुर्तीको निवेदन परेकाले त्यसको निर्णय भएपछि मात्र फैसला सुनुवाई हुने बताएका थिए ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!