यात्रुले हवाई जहाजको सिट छेउमै पिसाब फेरे, भयो यस्तो सजाय

Posted on: 22 May, 2023

जेठ ८, काठमाडौँ | एकजना व्यक्ति आफ्नी पत्नीसँग हवाई जहाजको यात्रा गरिरहेका थिए । यात्राका क्रममा उनले मनग्गे मदिरा पिए । र, रक्सीको नशामा लठि्ठएर आफु बस्ने जहाजको सिटमै पिसाब गरिदिए । यत्तिले मात्र पुगेन । उनले एयर होस्टेसलगायतका विमान कर्मचारीहरुमाथि पनि दुर्व्यवहार गरे ।

आफ्नो त्यो गम्भीर गल्तीको सजाय अन्ततः उनले भोग्नुपरेको छ । विमानको सिटमै पिसाब गर्ने ती व्यक्तिविरुद्ध अदालतले सजाय सुनाएको छ ।


यो घटना बेलायतमा भएको हो । विमानको सिटमै पिसाब फेर्ने ३९ वर्षीय यात्रुको नाम लयड जोन्सन हो । उनी बिदा मनाउनका लागि दुबई गएका थिए । बिदा मनाएर बेलायत फर्किने क्रममा उनले जहाजमा त्यस्तो हर्कत गर्नपुगे । गत जनवरीमा भएको उक्त घटनाका सम्बन्धमा परेको मुद्दामा अदालतले हालै फैसला सुनाएको छ ।

फैसलामा उल्लेख भए अनुसार जोन्सनले यात्राका क्रममा विमानमा यतिधेरै मदिरा सेवन गरेका थिए कि आफ्नो खुट्टामा उभिन पनि मुस्किल परिरहेको थियो । उनले विमानका अरु यात्रुहरुलाई पनि निकै दिक्क लगाए र पूरै उडान अवधिभर हंगामा गरे ।

उनले विमान अवतरण भएपछि पनि विमानको ट्वाइलेटमा गएर पिसाब गर्न पाउनुपर्ने जिद्दी गर्न थाले । तर विमान कर्मचारीले उनलाई रोकेपछि जोन्सनले विमानको सिटको बीचमा रहेको ग्यालेरीमै पिसाब फेरिदिएका थिए ।

वास्तवमा जहाज अवतरण गरिसकेपछि जहाजको शौचालयमा दिसा पिसाब गर्न निषेध गरिन्छ । अभद्र तथा अनैतिक काम गरेका जोन्सनलाई विमानबाट ओर्लिने बित्तिकै प्रहरीले पक्राउ गरेको थियो ।

उक्त घटनामा अदालतले उनलाई १२ महिनाको सामुदायिक सजाय सुनाएको छ । तर उनले अरु कसैलाई हानी नपुर्‍याएको देखिएपछि उनी जेल जानबाट बचे । उनलाई १२ महिनाको सामुदायिक सजायका साथै ८० घण्टा अवैतनिक काम गर्नुपर्ने सजाय दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!