“टोपी खस्यो मेरो” बोलको तिज गीत बजारमा

Posted on: 05 Aug, 2016

बजारमा बिभिन्न प्रकारका तिज गीतहरु आइरहेको अबस्थामा सुमधुर स्वरका धनी लोक तथा दोहोरी गायक भुवन बिश्वकर्मा र राधिका हमालले पश्चिम नेपालका अर्घाखाची, गुल्मी, पाल्पा, रुपन्देही, कपिलवस्तु लगायत अन्य जिल्लाहरुमा बर्षौदेखि नै निकै प्रचलित रहेको तिजको लय तथा भाका एवं शब्दहरुलाई जस्ताको तस्तै टपक्कै टिपी हरितालिका तिज २०७३ को पावन अबसरमा “टोपी खस्यो मेरो” बोलको तिज गीत बजारमा ल्याएका छन् |

तिज भनेको महिलाहरुले गीत मार्फत आफ्ना दु:ख सुख पिरमर्का एक अर्कामा साटासाट गर्ने एक अबसर पनि भए पनि महिलाहरुका सुख दुखमा पुरुषहरु  एक अर्काका सहयात्री एवं परिपुरक हुने भएकोले आफुले स्थानीय स्तरमा निकै नै प्रचलित तीज गीत “टोपी खस्यो मेरो”  बजारमा ल्याएको लोक दोहोरी गायक भुवन बिश्वकर्माले बताए | उक्त गीतलाई थप जिबनतता दिन मोडलहरु  रामु खनाल, सित्तल, सुनिताले अभिनय मार्फत साथ दिएका छन् | आफ्नो जन्मभूमि अर्घाखाची लगायतका जिल्लामा अति नै प्रचलित भाकामा आफुले  अभिनय गर्न पाउदा  निकै खुशी लागेको मोडल रामु खनालले बताए |     

 भिडियो हेर्नुहोस  


यस बिषयमा तपाइको प्रतिक्रिया...!