दङ्गाली चेली गहतराजको तीज कोशेली “मलाई बिगार्यो छोटो जामाले” बजारमा

Posted on: 26 Jul, 2016

सन्तोषकुमार गुप्ता | साउन ११, दाङ  | नवगायिका सलिना गहतराज बि.सि.को तिज गीत “मलाई बिगार्यो छोटो जामाले” बजारमा आएको छ । यस अघि नृत्य तथा मोडलिङ्ग क्षेत्रमा सकृय गहतराजको पहिलो तीज गीत कोसेली चर्चित तथा स्थापित गायक तिलक वलीको स्वरमा सजिएर बजारमा आएको शब्द लय संकलक सुनिल बिसीले जानकारी दिनुभयो । 

बजारमा आउनु भन्दा अगावै अडियो युट्युवमा सर्वाधिक रुचाईएको बताईएको छ । संचारकर्मी तथा रंगकर्मीको रुपमा परिचित गहतराजको “मलाई बिगार्यो छोटो जामाले”गीतको ऐरेञ्जर स्वयं तिलक वली रहनुभएको छ भने उत्पादन तथा बितरणको जिम्मेवारी गाउबेसी म्युजिक प्रा.लि.ले गरिरहेको सुनिल बिसीले जानकारी दिनभयो । गहतराजको पहिलो गीत लाईमाया गरिदिन तिलक वलीले आग्रह गर्नुभएको छ । चर्चित तथा सफल मोडल शंकर बिसी, सलिना गहतराज बिसी,अ मृत बिक, मनिषा बस्नेत, चन्द्रभुसन चौधरी र श्रीजना बिकको दमदार अभिनय रहेको “मलाई बिगार्यो छोटो जामाले” गीतको म्युजिक भिडियो लाई यू ट्युवमा हाल सम्म सर्वाधिक रुचाईएको दावी गरिएको छ । 

दाङ जिल्लाको घोराही नगरपालिकामा जन्मन ुभएकी गहतराजको नृत्य र अभिनयमा बिषेसज्ञता रहेको छ । गहतराज बिसी यस अघि आयोजना गरिएको मध्यपष्चिमाञ्चल अभिनय प्रतिस्पर्धामा फस्टरनर अप समेत भईसक्नु भएको छ । हाल सम्म दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसक्नु भएकी गहतराज नृत्य तथा अभिनय बिद्यामा सयौ स्टेजहरुमा पर्रफमेन्स दिई सकनुभएको छ । दर्जनौ संघसंस्थाहरुमा संलग्न गहतराजले उत्पादन गरेका शिष्यहरु नृत्य तथा अभिनय बिद्यामा पारंगत भईसकेर आफुलाई प्रमाणित गरिसकेका छन् । सुमधुर स्वरकी धनी गहतराज कुसल कोरियो ग्राफर तथा डान्स डाईरेक्टरसमेत हुनुहुन्छ । डिटेन ईन्टरटेन्मेन्टले आयोजना गरिरहेको मध्यपस्चिमाञ्चल स्तरीय नृत्यको महासंग्राम डान्स आईकन दाङ (डिआईडि)को जज समेत हुनुहुन्छ । लगत्तै गहतराजको आधुनिक गीत समेत बजारमा ल्याउन तयारी गरिरहनुभएको गहतराज नेपालमा एक आशा लाग्दो नाम भएर उदय भएको गहतराजलाई नजिक बाट चिन्नेहरुले बताउछन् । गहतराजको गित हेर्न यू ट्युबमा तिलक वली तजी संग २०७३ सर्च गरेर हेर्न सकिन्छ । 

भिडियो पनि हेर्नुहोस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!