“म त हजुर तुलसीपुरको झिल्के” मा दङ्गाली चेली लामिछानेको अभिनय

Posted on: 26 Jul, 2016

सन्तोषकुमार गुप्ता | साउन ११, दाङ | चर्चित मोडल, बहुचर्चित नृत्याँङ्गना डान्स आईकन दाङको ब्राण्ड एम्बेसडर,पेज थ्री ईन्टरटेन्मेन्टले आयोजना गरेको मिस दाङको लिटिल मिस ट्यालेन्ट र पब्लिक च्वाईस अवार्ड २०१४ बिजेता तथा प्युठानी ताराकी फस्ट रनरअप तथा दङ्गाली चेली लोसिना लामिछानेले अभिनय गर्नु भएको “म त हजुर तुलसीपुरको झिल्के” तीज गीत बजारमा आएको छ । 

नृत्य तथा मोडलिङ्ग क्षेत्रमा सकृय लोसिना लामिछाने, बिजय थापा, आषिका रजौरे र मनिस अभिनित उक्त तीज गीतको म्युजिक भिडियो बजारमा सर्वाधिक रुचाईएको छ । गायक भूवन परियार र गायिका डिला बस्यालको सुमधुर स्वरमा सजिएको “म त हजुर तुलसीपुरको झिल्के” को शब्द लय भूवन परियारकै रहेको छ भने यसलाई नटराज फिल्मसले प्रा.लिले बजार प्रबद्र्धन गरिरहेको छ । रमेश छिनालको कोसेली “म त हजुर तुलसीपुरको झिल्के” ले बजार पिट्ने दावी निर्माण पक्षले गरेको छ । उक्त म्युजिक भिडियो युटुबमा समेत उपलब्ध छ । 

भिडियो पनि हेर्नुहोस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!