'अकेला दुकेला' बोलको गीतको भिडियो सार्वजनिक, भिडियो हेर्नुहोस

Posted on: 28 Sep, 2019

असोज ११, काठमाडौं । गायक मुरारी गुरागाईंले ‘अकेला दुकेला’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । मुरारी गुरागाईं अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा राजेन्द्र थापाको गीत र दीपक भट्टराईको संगीत छ । मुरारीलाई गायनमा टीका प्रसाईंले साथ दिएकी छन् । गीतमा उदयराज पौडेलको संगीत संयोजन छ । 


कार्टुन्ज क्रु र भिमफेदी गाईजको संयुक्त फिचरिङ रहेको भिडियोलाई क्रुका सरोज अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा आश्मा विश्वकर्मा र सविन चाहानको कोरियोग्राफी, ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन र लाक्पा डी लामाको सम्पादन छ । रागा स्टुडियोमा रेकर्ड भएको गीतमा किस्मतको रेकर्डिङ र मिक्सिङ छ । 


करिब दुई महिना अगाडी गुरागाईंले ‘पानी भर्ने’ बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरेका थिए । गायिका अञ्जु पन्तको स्वरमा सजिएको यो गीतमा शिशिर भट्टराईको शब्द र मुरारीकै संगीत थियो ।

भिडियो हेर्नुहोस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!