गायिका विष्णु माझीलाई गीत गाउने क्रममा गायकले भेट्न पाउँछन् कि पाउँदैनन् ? गायकको अनुभव

Posted on: 28 May, 2019

जेठ १४, काठमाडौँ | नेपाली लोकदोहोरी क्षेत्रमा निकै चर्चीत गायिका बिष्णु माझी सार्वजनिक हुन चाहने गायिका अन्तर्गत पर्दिनन् । एल्बम् तथा उनको गीतको कभर फोटोमा एक/दुई फोटो बाहेक अरु देख्न पाइन्न । तर उनि वर्तमान लोकदोहोरी क्षेत्रमा एउटा ब्राण्ड बनेर दर्शकहरु माझ छाएकी छिन् । उनका हरेक गीत दर्शक माझ लोकप्रिय हुनुले पनि उनको बारेमा जिज्ञाशा राख्नु स्वभाविकनै हो । 

यति धेरै चर्चित गायिका किन कुनै जमघट, कुनै सांगीतिक महोत्सवमा सार्वजनिक हुदिनन् ? नत कुनै मिडियामै उनको अन्तर्वार्ता हेर्न पाइन्छ । त्यसो त यतिका धेरै सामाजिक सञ्जालको ट्रेन्डमा उनको कुनै पेज तथा प्रोफाइलहरु पनि छैनन् । तर पनि उनको स्वरमा जादु छ जसको भरमा लाखौँ फ्यान छन् । 

वर्तमान समयमा विष्णु माझीको मौलिक स्वरसँग कसैले प्रतिस्पर्धा गर्न सकेका छैनन् । त्यसैले पनि हुन सक्छ उनले नेपाली गायिकाहरु मध्ये सबैभन्दा धेरै पारिश्रमिक लिन्छिन् । माझी अहिले एउटा लोकदोहोरी गीतमा स्वर भरेबापत ५० हजार भन्दा बढी पारिश्रमिक लिन्छिन् । तर उनलाई गीतको कुनै खडेरी छैनन् । 

माझीसँग गीत गाउने गायकको अनुभव 

पछिल्लो समय सार्वजनिक एउटा गीत 'फूल जस्तै' मा बिबि गुरुङ र विष्णु माझीको स्वर सुन्न सकिन्छ । बिबि गुरुङकै लगानीमा बनेको उक्त गीत गाउने क्रममा गायक गुरुङले समेत गायिका माझिलाई भेट्न पाएनन् । यतिसम्मकि उनले कहिले गाएर गइन् भन्ने सम्मको पत्तो भएन । गायक गुरुङ मात्र नभई अन्य गायकहरुको समेत विष्णुमाझीसँग गीत गाउँदाको अनुभव एकै हुने गरेका छन् । गायिका माझीलाई गायकले समेत आए/गएको देख्न नसक्ने कति अचम्मको कुरा ? त्यसो त उनि काठमाडौँमै छिन् सबैलाई थाहा छ तर त्यति चर्चीत पात्र कुन ठाउँमा बस्छिन्, घरमा बस्छिन् वा भाडामा ? कुन तरिकाको गेटअपमा हिड्छिन् सबै गौण छ । 

आज हामीले गायिका विष्णु माझीसँग गीत गएको अनुभव संगालेका गायक बिबि गुरुङसँग अन्तरंग कुराकानी गरेका छौं । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!