धुर्मुस सुन्तलीलाई एअरपोर्टमा सास्ती, के उनीहरु भिआईपि होइनन् ? (भिडियो रिपोर्ट)

Posted on: 05 Feb, 2019

माघ, काठमाडौं । सामाजिक अभियान्ता तथा हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तली सोमबार मलेसिया प्रस्थान गरेका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ हुन गहिरहेको ‘सिटी एक्सप्रेस धु्र्मुस सुन्तली साँझ’का लागी एकसाताका लागी मलेसिया लागेका हुन् । 

दिउँसो १ बजेको उडानका लागी धुर्मुस सुन्तली ११ बजेनै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा पुगेका थिए । दर्जन बढी मिडियाले मलेसिया जानुको उद्देश्यका बारेमा बुझ्दै गर्दा उनीहरु एअरपोर्टकै खुल्ला ठाउँमा अन्तर्वार्ता दिइरहे ।

करिब आधा घण्टा बढी सम्म उभिएरै कुराकानी गरिरहेका धुर्मुस सुन्तलीलाई अन्य दर्शकले पनि उत्तिकै मात्रामा घेरेका थिए । त्यतिकैमा बिशिष्ट कक्षमा किन लगिदैन भन्ने प्रश्नमा धुर्मुसले यो बिषयमा बिमानस्थललाई पहलनै नगरेको भन्ने उत्रर दिए ।

यो बिषयमा तयार पारिएको रिपोर्ट हेर्नुहोस् । साथै धुर्मुस सुन्तलीले के भन्छन् भिडियो रिपोर्टबारे थाहा पाउनसक्नुहुनेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!