युवा व्यवसायी मणिराज अभिनित म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)

Posted on: 16 Jan, 2019


कमल घिमिरे।माघ१।पाँचथर,पाँचथर फिदिमका युवा व्यवसायी मणिराज भट्टराईको अभिनय रहेको पहिलो म्युजिक भिडियो मंगलबार सार्बजनिक भएको छ । 


‘आँखा भरी’बोलको गीतको भिडियोमा मेलिना राईको स्वर,डी.पी.खनालको रचना,शंकर थापाको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको छ भने छायाङ्कन,सम्पादन,र निर्देशन देव जङ्ग थापा ले गरेका छन् । काठमाडौ आसपास तथा कुलेखानीमा छायाङ्कन गरिएको भिडियो मा भट्टराई सँगै मोडल श्रेया कार्कीको समेत फिचरिङ रहेको छ । 

मायाँ प्रेमलाइ समेटेर निर्माण गरिएको म्युजिक भिडियो डस म्युजिक नेपाल युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ । 

भिडियो हेर्नुहोस



यस बिषयमा तपाइको प्रतिक्रिया...!