चर्चित फिल्म ‘शत्रु गते’ युटुबमा: Trending 1 मा स्थान लिंदै

Posted on: 23 Nov, 2018

मङ्सिर ७, काठमाडौँ | गत वर्ष चैत्र ९ गतेबाट देशव्यापी रुपमा प्रर्दशनमा आएको फिल्म ‘शत्रु गते’युटुबमा सार्वजनिक भएको छ । 

बुधबार फिल्म निर्माण टिमले फिल्मको १५ मिनेटको सारांस भागलाई युटुब मार्फत सार्वजनिक गरेको हो । सार्वजनिक १५ मिनेटको सारांस फिल्ममा फिल्मको मुख्य-मुख्य भागलाई समेटिएको छ । म्युजिक नेपालको युटुव च्यानलबाट सार्वजनिक यो फिल्मको सारांश युटुवमा आज बिहिबार नम्वर १ ट्रेन्डमा रहेको छ । 

मह सञ्चारको ब्यनारमा निर्माण गरिएको चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । किरण केसीको प्रस्तुति रहेको चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ ।

निर्देशक भट्टराई र दीपकराज गिरीले पटकथा लेखेका हुन् भने संवाद निर्देशक भट्टराई र कथाकार हरिवंश आचार्यले मिलेर तयार पारेका हुन् । दिर्घ गुरुङको छायांकन रहेको चलचित्रमा मित्र गुरुङले सम्पादन गरेका हुन् । चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माताको रुपमा रहेका छन् ।

भिडियो हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!