गायक शिव परियारको गीत चोरेर हिन्दी र भोजपुरीमा यस्तो बनाइएछ (भिडियो हेर्नुहोस्)

Posted on: 27 Oct, 2017

कात्तिक १०, काठमाडौं | नेपालका ख्यातीप्राप्त गायक शिव परियारको 'पिउँदिन भन्दा भन्दै' बोलको नेपाली गजल गीत हिन्दी र भोजपुरीमा हुबहु कपी गरिएको भिडियो सार्वजनिक भएका छन् । तारा प्रकाश लिम्बूले संगीत दिएका यो गीतलाई हिन्दि र भोजपुरी भाषामा हुबहु मेलोडीमा गाइएको छ । 

शिव परियारको गीतको मेलोडीमा भोजपुरी भाषामा ‘बिलिमे किली डालके’ बोलको गीत यूवा म्यूजिकले सार्वजनिक गरेको छ भने हिन्दि भाषामा गाइएको गीतमा ‘प्यारका रोग’ बोलमा खुश्बु उत्तमले उस्तै मेलोडीमा गजल गाएकी छिन् ।  मेलोडी चोरेर गाईएको गीतमा नेपाली गायकको कुनै स्थान छैन बरु उतैका संगीतकार भनेर नाम समेत दिईएको छ । भोजपुरी गीत्र हिन्दि गीत सुन्दा नेपाली गीतबाट कपि गरिएको जो कोहीलाई पनि आभाष हुन्छ । हुबहु मेलोडीमा गाईएकोले दुवैभाषाका गीत सुन्दा नेपाली गीतकै झल्को आउँछ । 

आफ्नो गित हुबुह कपी भएपछि गायक शिव परियारले आफ्नो अधिकारको रक्षाका लागि कानुनी बाटो समेत खोजेको बताएका छन् । गायक शिव परियारले नयाँ सिर्जनाका रुपमा राखिएको यी दुबै गीतका बारेमा यु ट्यूव मा प्रतिलिपी अधिकार हननका बारेमा उजुरी गरेपनि सुनुवाई नभएको जानकारी दिएका छन् । 

तल हेर्नुहोस् - नेपाली गायक शिव परियारले गाउनुभएको गीत 


तल हेर्नुहोस् - नेपाली गीतबाट कपि गरिएको भोजपुरी गीत

 

तल हेर्नुहोस् -  नेपाली गीतबाट कपि गरिएको हिन्दि गीत 


यस बिषयमा तपाइको प्रतिक्रिया...!