सिधाकुरा जनतासंग: समाचार प्रशारण नगर्न भन्दै ४ लाख अफर (भिडियो सहित)

Posted on: 20 Aug, 2017

भदौ ४, काठमाडौँ । आफु विरुद्दको समाचार प्रशारण नगर्न दवाब दिदै ख्यातीप्राप्त टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँगको टिमलाई ४ लाख पैसा अफर गरिएको छ । 

सिधाकुरा जनतासंगका प्रस्तोता रबि लामिछानेलाई आफु विरुद्दको रिपोर्ट सार्वजनिक नगर्न भन्दै ति व्यक्तिले २ लाख रुपैयाँ दिएका थिए, भने २ लाख पछी दिने अफर गरेका छन् । कार्यक्रम सिधाकुरा जनतासंगमा यसबारे विशेष रिपोर्ट शनिबार साझ प्रसारण भएको थियो । 

अप्रेशनकै दौरानमा सिधा कुरा जनतासँगको टिमले उक्त रकम लिएपनि केहि बेरमा फिर्ता गराएको थियो । एलसीसीआई नेपालले रेस्टुरेन्टमा बोलाएर पैसा दिएको कार्यक्रममा स्पष्ट हेर्न सकिन्छ ।

सिधा कुरा जनतासँग कार्यक्रमको स्ट्रिंग अप्रेशनकै दौरानमा २ लाख दिने पदाधिकारीले एलसिसिआइ संचालनको लागि माथिल्लो मन्त्री स्तरसम्म कुरा मिलिसकेको बताएका छन् । कार्यक्रमले टेलिभिजनको टोलीलाई पैसा दिने व्यक्तिको अनुहार नदेखाए पनि यदी सम्बन्धन खारेज नगरेको खण्डमा अनुहारनै देखाइदिने घोषणा समेत गरेका छन् ।

कार्यक्रममा सिधा कुरा जनतासँगका संचालक रवि लामिछानेले पैसाले आफुलाई किन्न खोज्नेलाई यसरी जवाफ एसरी दिएको छ : तल भिडियो हेर्नुहोस



यस बिषयमा तपाइको प्रतिक्रिया...!