चिरन्जिबीको ‘खाली आफ्नै मन मानी...’बोलको गीत सार्वजनिक

Posted on: 15 Dec, 2016

पर्वत । गायक तथा संगीतकार चिरन्जिबी भन्डारीको ‘खाली आफ्नै मन मानी...’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समयमा आधुनिक, फिल्मी गितहरुमा चर्चा बटुल्दै गएका उनको उक्त म्यूजिक भिडियो सार्वजानिक भएको हो । 

भिडियोमा रञ्जन रिजाल र खुसी भण्डारीले अभिनय गरेका छन् । भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका छन् । युगल जोडिको कथा भिडियोमा देखाउन खोजिएको छ । आफ्नो यस अगाडीको भिडियो भन्दा यो भिडियो निकै फरक रहेकोले आफुलाई भिडियोबाट निकै आस रहेको गायक तथा संगीतकार चिरन्जिबीले बताउँछन् ।  उनले भने ‘यो गीतले आफ्नो सांगीतिक आकाशलाई थप उचाही दिनेछ ।

बुटवलमा जन्मेका उनी सानैबाट संगीत क्षेत्रमा रुचि राख्ने गरेको  बताउँछन् । २०६४ सालबाट संगीतको यात्रा रोजेका भण्डारीले आफुलाई संगीतमानै पोख्त राख्दै आइरहेका छन् । शब्द, संगीत दुवैमा पोख्त रहेका भण्डारी आफु स्कुलदेखिनै संगीतमा रम्न मन लागेको र संगीतको बाटो राजेको बताउँछन् । हालसम्म उनका १६ वटा कलेक्सन र आधा दर्जन भन्दा बढी आधुनिक लोक गितका एल्मबहरु बजारमा आइसकेका छन् ।

माया पिरती २०६९ साला आफ्नै एल्बम निकालेका भण्डारीका विन्धबासीनीमा प्लेव्याक सिंगरमा श्रपमा पाँचौ स्थानमा समेत पर्न सफल भएका थिए । उनका 

रेलीमाई, सान्नानी सुनन  चट्टै गित काटेर, संखा गर्ने बानी, मेरै भर पर लगायतका गीतहरु बजारमा आइसकेका छन् जसले उनलाई थप परिचित गराउन मदत पु¥याएको छ ।

विभिन्न चलचित्र तथा एल्बममा स्वर तथा संगीत दिएका भण्डारी संगीतलाईनै आफ्नो जिवन बनाउने र यसैलाई जिबन्त दिने बताउँछन् । रेडियोमा गुन्जने गितबाट प्रेरणा लिएर संगीतको क्षेत्रमा लागेका उनले अहिले सिक्दै सिकाउँदै र एल्मब बनाउने तयारीमा जुटिरेहका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!