भिडियोमा कक्षा १० कि छात्रा नेहाको भाग्य-परिक्षा

Posted on: 07 Dec, 2016

काठमाडौँ | दोलखा जिल्ला चरीकोट पुर्खौली घर भएपनि नेहा तामाङको जन्म काठमाडौंको अनामनगर स्थित २०५७ साल चैत ११ गते पिता जित बहादुर तामाङ र माता बिमला तामाङको पहिलो सन्तानको रुपमा जन्म भएको हो । 

एसियन पब्लिक स्कुल अनामनगरमा कक्षा १० मा अध्यानरत नेहाको आवाज अब भने सानो स्कुलको कम्पाउण्डमा मात्र सिमित रहेन । अब भने नेहाको सुमधुर स्वर देशदेखि बिदेशसम्म गुन्जयमान हुन थालेको छ । सानो उमेरमै सांगीतिक यात्रा सुरु गरेकी नेहाले 'HarQat' एल्बमको 'याद आफै...' भन्ने गितबाट गरेकि छन् । गत हप्ता मात्र कान्तिपुर टेलिभिजनबाट रिलिज भएको भिडियो आधुनिक पप गित 'याद आफै...' बोलमा सुन्दर शब्द संगीत भने निश्चल प्रेम राइले भर्नु भएको छ । यो गितको एरेन्जमा पुरुषोत्तम न्याउपाने, क्यामेरामा युवराज / बिक्रम र भिडियो एडिटमा प्रकाश तुलाधरले भूमिका खेलेका छन् । जस्लाई निर्देशन सामुयेल गज्मेरले गरेका छन् । प्रमोद राई र गायिका नेहा तामाङ आफैले यो गितमा अभिनय गरेको देख्न सकिन्छ । 

प्रतिभाशाली नेहा तामाङ आफ्नो गीतप्रती खुलेर भन्छिन् - 'मैले सुन्दर शब्द र संगीत पाएकि छु, अनि भिडियो पनि राम्रो भएको छ र प्रस्तुत पनि सक्दो गरेकी छु । यो मेरो गीत मात्र हैन भाग्य-परिक्षा पनि हो । दर्शक तथा श्रोताको साथ पाउनेमा अपेक्षा राखेकी छु ।' 

हेरौं नेहाको स्वर र अभिनयमा सजिएको पहिलो भिडियो: 



यस बिषयमा तपाइको प्रतिक्रिया...!