उदयपुरमा कार दुर्घटना, एक जनाको मृत्यु चार जना घाइते

Posted on: 18 May, 2022

जेठ ४, काठमाडौँ । उदयपुरको उदयपुर गढी गाउँपालिका–६ बैजनाथ खोलाको पुलमा मंगलबार बेलुकी कार दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा कारमा सवार मोरङको बिराटनगर महानगरपालिका ५ का ३४ वर्षीय देबेन्द्र चापागाई रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते भएका कार चालक सहित ४ जनालाई उपचारका लागी न्युरो अस्पताल बिराटनगर लगिएको छ । 

बा २५ च ७८१९ नम्बरको कार हिजो बेलुकी पौने ९ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरी चौकी नेपालटारले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!