अस्पतालमा भेन्टिलेटर प्रयोगविहीन

Posted on: 15 Mar, 2021

चैत २, उदयपुर । जिल्ला अस्पतालमा झण्डै एक वर्षअघि स्थापना गरिएका भेन्टिलेटर चिकित्सकको अभावमा प्रयोगविहीन हुँदै आएका छन् । 

सिकिस्त अवस्थाका बिरामीलाई राखेर उपचार गर्नका लागि स्थापना गरिएका भेन्टिलेटर मेशिन सञ्चालन गर्ने चिकित्सक एनेस्थेसियोलोजिष्ट व्यवस्थापन नहुँदा अहिलेसम्म उक्त उपकरण जिल्ला अस्पतालमा प्रयोगविहीन अवस्थामा रहेको अस्पतालका कर्मचारी बताउँछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रु एक करोडको सहयोगमा अस्पतालमा जडान गरिएका दुईवटा भेन्टिलेटर मेशिन एक वर्षअघि नै स्थापना गरिएको तर चिकित्सक व्यवस्थापन नहुँदा अहिलेसम्म प्रयोगविहीन अवस्थामा छन् । प्रयोगमा नरहेपछि मेशिन सञ्चालन नहुँदा बिग्रने अवस्था आएको अस्पतालका प्रशासकीय अधिकृत बिर्खबहादुर खत्रीले बताउनुभयो ।

भेन्टिलेटर मेशिन सञ्चालन गर्नका लागि छुट्टै एनेस्थेसियोलोजिष्ट चिकित्सक व्यवस्थापन गरिदिन आफूहरुले पटक–पटक प्रदेश सरकार र सङ्घीय सरकारसँग अनुरोध गरेको तर अहिलेसम्म उचित सुनुवाइ नभएको अस्पताल व्यवस्थापन समितिका सदस्य महेश रोकाले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!