उदयपुरमा माछा उत्पादनमा वृद्धि

Posted on: 31 Dec, 2018

 पुस १६, गाईघाट (रासस) |  एक्काइस वर्ष अघि व्यावसायिकरूपमाशुरु भएको उदयपुर जिल्लामा सात वर्षयता यसको उत्पादनमा वृद्धि हुँदैगएको छ । 

जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार यस वर्ष उदयपुर जिल्लामा १५० क्विण्टल माछा उत्पादन भएको छ । गत वर्ष जिल्लामा ९० क्विण्टल माछा उत्पादन भएको थियो । त्यस्तै दुई वर्षअघि करीब ७५ क्विन्टल माछा उत्पादन भएको थियो । 

पाँच वर्षअघि जिल्लामा २९ हेक्टरमा माछापालन गरिएको थियो भने हाल विस्तार भएर ५५ हेक्टर पुगेको केन्द्र, माछापालन विभागका प्रमुख यादव बताउनुहुन्छ । त्यस्तै पाँच वर्षअघि १५० कृषक मात्र माछापालनमा संलग्न थिए । अहिले २५२ कृषक प्रत्यक्षरूपमा व्यावसायिकरूपमा संलग्न छन् । 

जिल्लामा केन्द्रले हिउँदको सुक्खायाममा पोखरीमा हुने पानीको अभावबाट माछा बचाउन अक्सिजन उत्पादन गर्ने एरियटर मेशिनसमेत व्यवस्थापन गरिदिएपछि वर्षेनी माछापालक कृषकको सङ्ख्यामा वृद्धि हुँदै गएको र माछासमेत राम्ररी उत्पादन हुँदै गएको केन्द्रका प्रमुख सरोजकान्त अधिकारी बताउनुहुन्छ । 

उहाँका अनुसार अब बिस्तारै माछा उत्पादनको क्षेत्रमा जिल्ला आत्मनिर्भर बन्न लागेको छ । वार्षिक रु दुई करोडसम्मको माछाको कारोवार हुने यहाँ अहिले जिल्लामा कुल मागको करीब ७० प्रतिशत माछा उत्पादन हुन्छ । यहाँ बिगहेड, क्याटफिस, नाहुर, भ्याकुर, रहु र नैनी प्रजातिका माछा उत्पादन हुँदै आएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!